फालिएको प्लाष्टिक बोटलबाट सौर्य उर्जा

  • समुह: समाज
  • प्रकाशित: मंगलबार, 24 फेब्रुअरी 2015 16:44

1222222

पोखरा १० फागुन

जापान नेपाल मैत्री केन्द्रको आयोजनामा पोखरामा एकदिने सौर्य बत्ती जडान तालिम सम्पन्न भएको छ । पोखरामा यत्रतत्र रुपमा छरिएर रहेका प्लाष्टिकको पेट बोटललाई विभिन्न प्रविधीबाट सौर्य उर्जा प्रदान गर्ने उद्देश्यका साथ उक्त तालिमको आयोजना गरिएको जापान नेपाल मैत्री केन्द्रका अध्यक्ष डा. दिलिप बिक सुनारले जानकारी दिनुभयोे ।

पोखरा ६ गाईघाटमा सम्पन्न उक्त तालिममा होकाइदो इन्फोमेशन युनिभर्सिटी जापानका ६ जना बिद्यार्थीहरुले यत्रतत्र पmोहोरका रुपमा छरिएर रहेका प्लाष्टिकका बोटललाई विभिन्न केमिकलको प्रयोग गरी सौर्य उर्जामा परिणत गरेर देखाएका थिए । युनिभर्सिटीका प्रोफेसर मिचले उक्त तालिमको सहजीकरण गर्दै पहिलो चरणमा पोखराको गाईघाटमा रहेको कोपिला पाठशालामा दुइवटा सौर्य बत्ती परिक्षणका लागी जडान समेत गरेका छन ।

तालिममा युनाइटेड क्लव पोखरा अमरसिंह चोकका ५ जना पुरुष र ५ जना महिलाको सहभागीता रहेको थियो । जसमा पुरुषको तर्फबाट गणेश तिमिल्सिना र महिलाको तर्फबाट साबित्री थापाको संयोजकत्वमा गाईघाट महिला सीप मुलक तालिम केन्द्रलाई उक्त प्रशिक्षण दिइएको थियो ।



  • संसोधन: मंगलबार, 24 फेब्रुअरी 2015 16:44,

खानेपानी संस्थान कर्मचारी संघको रक्तदानमा २९ युनिट

  • समुह: समाज
  • प्रकाशित: मंगलबार, 24 फेब्रुअरी 2015 16:30

पोखरा, ११ फागुन । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति

पोखराद्वारा आयोजित रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ ।

संघका इकाई अध्यक्ष नरेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख

अतिथि नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा. परमेश्वर पोखरेलले

पहिलो रक्तदाता डिलबहादुर ढकाललाई व्लड व्याग हस्तान्तरणगरी कार्यक्रमको

उद्घाटन गरेका थिए । प्रमुख अतिथि पोखरेलले जनउत्तरदायी सेवामा आफू तयार

रहेको भन्दै सहरमा एक घर एक धाराको व्यवस्था मिलाउन आफु प्रतिवद्ध रहेको

बताए । संस्थानमा लामो समयदेखि करार तथा ज्यालादारीमा काम गर्दाको पीडा

आफूलाई बोध भएको उल्लेखगर्दै संस्थानको २६ औं वार्षिकोत्सवको

अवसरमा उत्कृष्ठ ग्राहकलाई सम्मान गर्ने बताए । संस्थानको फागुन १५ गते

वार्षिकोत्सव मनाउने गर्दै आएको छ । कर्मचारी संघ इकाई समितिद्वारा

तेस्रोपटक आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका जवानहरुले

रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस पोखरा नगर समितिका सभापति विष्णुहरि बरालले

संस्थानले दिँदै आएको सेवामा प्रभावकारी बनाउन आफ्नो पार्टी र आफूले

जस्तोसुकै सेवा गर्न तयार रहेको बताए । खानेपानी सस्थान पोखरा शाखाका

कार्यालय प्रमसख बुद्धरत्न महर्जनले कार्यक्रमको निरन्तरता प्रदान गर्नेमा इकाई

समिति लागीपर्नेमा शुभकामना दिएका थिए । यसैबीच नेपाल खानेपानी सस्थान

कर्मचारी संघमा आवद्धरहि अवकास लिने कर्मचारीद्वय लोकराज शार्मा र विन्ध्यश्वरी

श्रेष्ठलाई मायाँको चिनो स्वरुप करुवा र खादाले विदाई गरेको संघका सहसचिव

कृष्णहरि वाग्लेले बताए ।

रक्तदान कार्यक्रममा सार्वजनिक सेवा कर्मचारी संघका जिल्ला अध्यक्ष विष्णुशंकर

ख्वाउजू, संघका केन्द्रीय सल्लाहकार मनहरि बराल, केन्द्रीय सचिव विष्णुप्रसाद

रेग्मी, कार्यक्रम संयोजक शुभद्रादेवी शर्मा, संघका सल्लाहकार बन्धुराज

पराजुली, संघका सचिव केदार धमला, खानेपानी संस्थान कर्मचारी संगठनका इकाई

अध्यक्ष हिमेश्वर ढकाल लगायतले संघको कार्य रचनात्मक भएको भन्दै प्रशंसा गरेका

थिए । रक्त सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सस्थानका

कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।



  • संसोधन: मंगलबार, 24 फेब्रुअरी 2015 16:30,

मजदुर बलिदानी दिवसमा स्मृति कार्यक्रम

  • समुह: समाज
  • प्रकाशित: मंगलबार, 24 फेब्रुअरी 2015 14:54

पोखरा, ११ फाल्गुण ।

मजदुर बलिदानी दिवसको अवसरमा अखिल नेपाल ट्रेड यूनियन महासंघ, कास्कीले सोमबार स्मृति कार्यक्रम सम्पन्न गरेको छ ।

कालीकोटमा बिमानस्थल निर्माणको क्रममा मारिएका मजदुरहरुको स्मृति तथा कास्कीका मजदुर नेता डासु पौडेलको स्मृतिमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभासद् तेजकुमारी पौडेलले 'शहिदहरु इतिहासका निर्माता भएको' भन्दै उनीको राज्यले उच्च मूल्याङ्कन गर्नुपर्ने बताइन् । स्मृति कार्यक्रममा बोल्दै नेतृ पौडेलले भनिन्, 'शहिदहरुले न्यायपूर्ण राज्यका निम्ति बलिदानी गरेका हुन्, उनीहरुकै बलिदानीको आधारमा नेपालमा परिवर्तन भयो, तर अहिले सत्ता पक्ष परिवर्तनका मुद्दा उल्टाएर रगतको मूल्यमाथि अपमान गर्न खोज्दैछ ।'

कार्यक्रममा बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालले 'बेपत्ताहरुको पीडा दर्दानाक भएको' भन्दै बेपत्ताहरुको राज्यले श्वास वा लासमध्ये एउटा दिनुपर्ने बताए । उनले भने, 'द्घन्द्घको क्रममा हजारौं मान्छेहरु बेपत्ता भएको दशौं वर्ष भइसकेको छ । तर, राज्य कानमा तेल हालेर बसेको छ, हामीलाई श्वास वा लासमध्ये एउटा दिनुपर्छ ।'

कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियन महासंघ, कास्कीका अध्यक्ष राजेन्द्र न्यौपाने, राज्य समिति संयोजक रुद्र गौतम, मजदुर नेताहरु लिला घर्ति, लोकबहादुर भूजेल, ईश्वर बस्याल, जंगबहादुर श्रेष्ठ लगायतका वक्ताहरुले शहिद डासु पौडेलको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा डासु स्मृति सेभेन 'ए' साइड फूटबल प्रतियोगितामा प्रथम हुने माछापुच्छ्रे मेटल इकाई समितिलाई पैतीस हजार र द्घितीय हुने शहिद स्मृति आवासीय विद्यालय पोखरा–१४ लाई पच्चिस हजार रुपैंयासहित पुरस्कार प्रदान गरिएको थियो । राजेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मजदुर नेता भोजराज खत्रीले गरेका थिए ।



  • संसोधन: मंगलबार, 24 फेब्रुअरी 2015 14:54,

खुला टाइपिङ प्रतियोगितामा पत्रकार नेपाल पुरस्कृत

  • समुह: समाज
  • प्रकाशित: मंगलबार, 24 फेब्रुअरी 2015 14:33

पोखरा, १० फागुन पश्चिमाञ्चलस्तरीय खुला टाइपिङ प्रतियोगितामा पत्रकार विजय नेपालले तेस्रो स्थानको उपाधि जित्न सफल भएका छन् । क्यान कास्कीले पोखरामा आइतबार आयोजना गरेको सो प्रतियोगितामा पश्चिमाञ्चलका १६ जिल्लामा उनी तेस्रो हुँदै स्मार्ट फोन पुरस्कार जित्न सफल भएका हुन् । क्षेत्रीयस्तरअघि सोही दिन भएको कास्की जिल्लास्तरीय टाइपिङ प्रतियोगितामा दोस्रो हुुँदै उनले १६ जिबीको पेनड्राइभ जितेका थिए । एक दशकदेखि पत्रकारितामा क्रियाशील नेपालले समग्र पत्रकारहरुको प्रतिनिधित्व गर्दै प्रतियोगितमा होमिएका थिए । हाल राजधानी दैनिकसँग आबद्ध नेपालले अंग्रेजीमा एम.ए.गरेका छन् । प्रतियोगितामा स्याङजाका दीपक पौडेल प्रथम र कास्कीका इश्वर श्रेष्ठ दोस्रो हुन सफल भए । उनीहरुले क्रमशः ट्यावल्वाइड पिसी र लेजर प्रिन्टर पुरस्कार जितेका छन् । पौडेल र श्रेष्ठ दुबै कम्प्युटर शिक्षक हुन् । सान्त्वना भएका नवीन श्रेष्ठले इन्टरनेट रिसिभर प्राप्त गरेका छन् । क्यान कास्कीले २ वर्षदेखि पोखरामा क्यान इन्फोटेकको अवसरमा अँग्रेजी र नेपाली टाइपिङ प्रतियोगिता गर्दैआएको छ । विजेतालाई मेलाको समापनको दिन सोमबार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक विकास भुर्तेलले बताए । संस्थाका अध्यक्ष गुणनीधि पाण्डेको अध्यक्षतामा भएको प्रतियोगितामा निर्णायक संयोजक बाबुराम न्यौपाने, क्यान कास्कीका कोषाध्यक्ष कृष्णराज पोखरेल र क्यान स्याङजाका अध्यक्ष देव बोगटीले पनि बोलेका थिए ।

  • संसोधन: मंगलबार, 24 फेब्रुअरी 2015 14:33,

विद्युतीय शिक्षा जापानले विश्वशान्तिका विद्यार्थीलाई सोलार लाल्टीन सहयोग

  • समुह: समाज
  • प्रकाशित: मंगलबार, 24 फेब्रुअरी 2015 14:21

सागर राज तिमिल्सिना पोखरा, १० फागुन विद्युतीय शिक्षा प्रयोगशाला जापानको सहयोगमा कास्की देउराली गाविसको विश्वशान्ति उच्चमाविका विद्यार्थीलाई सोलार लाल्टीन सहयोग गरेको छ । लोडसेडिङ्गका कारण विद्यार्थीहरुले पढ्न अप्ठ्रो परेको जानकारी पाए पछि संस्थाले विद्यालय मै पुगेर लाल्टीन सहयोग गरेको हो । विद्यालयका कक्षा ९ मा अध्ययनरत ५५ जना विद्यार्थीलाई विद्यालयको ल्याबका लागी एक गरि ५६ वटा लाल्टीन प्रदान गरेको हो । विद्युतीय शिक्षा प्रयोगशाला जापानका संस्थापक हिरोकी इन्वयले विद्यार्थीहरुलाई लाल्टीन प्रदान गरेका थिए । हिरोकीले आफु पनि सानोमा निकै कठिनका साथ पढेको बताउदै आफुले जस्तो दुःख अरु विद्यार्थीले नपाउन भन्ने उद्देश्यले सहयोग गरेको बताए । उनले ग्रामिण क्षेत्रमा लोडसेडिङ्गले अझ कठिन भएको थापा पछि सहयोगको हात अगाडी बढाएको बताए । विद्यालयका समस्याका बारेमा विद्यार्थी र शिक्षकहरु सगँ छलफल गरि आगामी दिनमा विद्यार्थीलाई आवश्यक सोलार लाल्टीन, विद्यालयलाई आवश्यक सोलार, इन्टरनेट, कम्प्युटरको समेत व्यवस्था मिलाउने बताए । कार्यक्रममा संयुक्तराष्ट्र संघ स्वयमसेवक, स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम(एलडिसिडिपि) का एकेन्द्र लम्साल, विद्यालयका प्रध्यानध्यापक राममणी पौडेल, स्थानीय हरि राज घिमिरे, बिनोद बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तकुमार श्रेष्ठ, शिक्षकहरु कासिराम घिमिरे, रेम बहादुर लामिछाने र विद्यार्थी सयन क्षेत्रीले विद्यालयको अवस्था र सहयोगका बारेमा प्रकास पारेका थिए । विद्यालयमा के आवश्यक छ भने बारेमा सबै विद्यार्थीबाट सुझाब लिएको र आगामी दिनमा त्यसैलाई आधार बनाइ विद्यालयलाई सहयोग गर्ने नसार सहयोग गर्ने जापानका संस्थापक हिरोकीले बताए । जापानका संस्थापक हिरोकी र सहयोग गर्ने एकेन्द्र लम्साललाई विद्यालयका तर्फबाट दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

  • संसोधन: मंगलबार, 24 फेब्रुअरी 2015 14:21,

सुनचाँदी व्यवसायी संघ कास्कीद्वारा पाललाई स्वागत

  • समुह: समाज
  • प्रकाशित: सोमबार, 23 फेब्रुअरी 2015 17:00

पोखरा, १० फागुन। सुनचाँदी व्यवसायी संघ कास्कीले शनिबार कास्कीका प्रहरी प्रमुख हरिबहादुर पाललाई स्वागत गरेको छ।

संघका अध्यक्ष चन्द्रकिशोर गौतमलगायतले पाललाई स्वागत गर्दै सुनचाँदी व्यवसायको सुरक्षा र समग्र कास्कीको सुरक्षा अवस्था मजदुत बनाउन लाग्न आग्रह गरेका थिए। अध्यक्ष गौतमले सुनचाँदीको चोरी नियन्त्रण र शान्ति, सुरक्षा कायम गर्न व्यवसायीहरूले पनि सहयोग गर्ने बताए।

कास्की प्रहरी प्रमुख पालले नागरिकबाट सुरक्षा लिन र सम्बन्ध स्थापित गर्न आफू अहिले लागेको बताए। एक साता अघि पोखरा आएका पालले यसअघि सुरक्षाको हिसाबले चुनौतिपूर्ण मानिएका धनुषा, रुपन्देहीलगायतका जिल्लाको नेतृत्व सम्हालिसकेका छन्।

उनले आफ्नो कार्यकालमा व्यवसायीहरूलाई हतोत्साही हुने वातावरण निर्माण नहुने बताउँदै कानुनसम्मत काम गर्न सबैलाई आग्रह गरे। शान्ति, सुरक्षा, ट्राफिक व्यवस्थापन, लागूपदार्थ नियन्त्रण जस्ता विषयमा नागरिक स्तरमा सहकार्य गरी प्रहरीले काम गर्ने उनले स्पष्ट पारे।

कास्कीको लेखनाथमा केहीलाई गुण्डागर्दीको आरोपमा नियन्त्रणमा लिइएको जनाउँदै उनले गुण्डागर्दीमा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए। उनले भने–'म जे भन्छु, त्यो गर्छु।'

कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य दुर्गामान बुद्धाचार्य, संघका उपाध्यक्ष राजेशमान बुद्धाचार्य र सचिव निर्मल दियाली सुनारले पनि बोलेका थिए।



  • संसोधन: सोमबार, 23 फेब्रुअरी 2015 17:00,

जंगल फेस्टिभल सकियो

  • समुह: समाज
  • प्रकाशित: आइतबार, 22 फेब्रुअरी 2015 13:56

दर्शकले निकै मन पराएको आयोजकको दाबी

opपोखरा, ९ फागुन ।

नयाँबजारस्थित शान्ति वनमा संचालनमा आएको जंगल फेस्टिभलको दोस्रो सिजन सकिएको छ । ९ दिनसम्म चलेको फेस्टिभल शनिबार सकिएको हो । फेस्टिभलमा ९ दिनसम्म ८० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजकले बताएको छ । आयोजकका अनुसार ९ दिनसम्म तीन करोड रुपैँयाको कारोबार भएको छ ।

आयोजकको दाबी अनुसार फेस्टिभल निकै सफल भएको छ । 'हामीले सोँचेभन्दा राम्रो दर्शको साथ पायौँ, दर्शकले जंगल फेस्टिभललाई निकै राम्रो प्रतिक्रिया दिँदा हामीलाई थप हौसला मिलेको छ ।' आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–'आगामी दिनमा पनि हामीले दर्शकको लागि अझै नौलो स्वादसहितको फेस्टिभलको प्याकेज ल्याउनेछौँ ।' परिचय नेपालले मनोरञ्जनात्मक ईभेन्टहरुलाई निरन्तरता दिईने उनले बताए ।

आयोजकले फेस्टिभलमा आउने दर्शकसँगै, विज्ञापनदाता, स्टल व्यवसायीहरु, कलाकारहरु र मिडियालाई जंगल फेस्टिभललाई सफल बनाउनका लागि सहयोग गरेबापत धन्यवाद ज्ञापन समेत गरेको छ । उसले भनेको छ, –'सबैको साथ र सहयोगबाट मात्रै फेस्टिभल सफल भएको हो, आगामी दिनहरुमा पनि यस्तै खालको सहयोगको अपेक्षा गरेका छौँ ।'

९ दिनसम्म दर्शकले जंगल फेस्टिभलमा मनोरञ्जनको सम्पूर्ण प्याकेज प्राप्त गरेको बताएका छन् । जंगल भित्र जंगली सँस्कार, जनावर र जंगलमै साँगीतिक मनोरञ्जनसँगै खानपिनको व्यवस्थालाई दर्शकले अत्याधिक रुचाए ।

अन्तिम दिन शनिबार जंगल फेस्टिभलमा जंगली थिमको फेशन शो लाई दर्शकले अत्याधिक मन पराए । त्यस्तै सर्कस काठमाण्डौको प्रस्तुती, डिजे नाईट, तिलकबम मल्ल, विग आईकन मुस्कान रानाभाट लगाएतका कलाकारहरुको प्रस्तुतीमा पनि दर्शक झुमे । त्यसैगरि शनिबार पोखरेली धुर्मुस र माग्ने बुढाको विशेष प्रस्तुती पनि दर्शकको रोजाईमा पर्यो ।

'हरियाली सप्ताह'को थिममा आयोजना भएको फेस्टिभलमा दर्शकहरुले विभिन्न जातजातिका जनावर, चराचुरुङगीहरुको सामिप्यतामा रमेका थिए । जंगलमा बस्दै आएको राउटे समुदायका मानिसहरुले उनीहरुको रहनसहन, जीवनशैली प्रदर्शन गरेका थिए । राउटे जातिकै शैलीमा बनेका घरहरु पनि दर्शकहरुको लागि आकर्षण बन्यो ।

जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजातिका चरा राखिएको थियो । त्यस्तै हात्ति सफारी पनि दर्शकहरुको लागि आकर्षण बन्यो । फेस्टिभलमा ९ दिनसम्म इन्दिरा जोशी, मिलन अमात्य, आकांक्षा बस्याल, तिलकबम बल्ल, सुगम पोखरेल, विनोद बानियाँ, कमल खत्री, योगेशकाजी देखि कन्दरा ब्यान्ड, डि–मर्चा तथा बमबहादुर कार्कीको प्रस्तुती राखेका थिए । फेस्टिभलमा विश्वप्रसिद्ध 'सर्कस काठमाडौ' ले विभिन्न प्रदर्शन समेत गरेको थियो ।

विश्वप्रसिद्धमोटर उत्पादक 'भक्सवागन' ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गरेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।



  • संसोधन: आइतबार, 22 फेब्रुअरी 2015 13:56,

डासु स्मृति सेभेन ए साइड सुरु

  • समुह: खेल
  • प्रकाशित: आइतबार, 22 फेब्रुअरी 2015 13:43

पोखरा, ९ फागुन ।

मजदुर नेता तथा जनयुद्धका शहिद डासु पौडेलको स्मृतिमा तेस्रो डासु स्मृति कप सेभेन ए साइड फूटबल प्रतियोगिता शनिबार पोखरामा सुरु भएको छ ।

पोखराको अमरसिंहचौरमा सुरु भएको प्रतियोगितामा शहिद स्मृति विद्यालय, पोखरा फुड्स प्रालि ए र बि., एस.आर. केसी क्याटरिङ, इन्द्रमार्ग टोल, एमएमसि, माछापुच्छ्रे मेटल, नेग्ज बेकरी क्याफे, गोशली प्रिन्ट प्याक, आर.एम. ग्यालरी, अमरसिंह बाँस सप्लायर्स, पेन्टर समिति, पोखरा नुडल्स प्रा.लि., सञ्चारकर्मी, ट्याक्सी इकाई समिति लगायतका १६ टिमहरु सहभागि छन् ।

शनिबार भएको खेलमा एसआर क्याटरिङले पोखरा फुड्सलाई १–० को अन्तरले पराजित गरेको छ । त्यसैगरी अमरसिंह बाँस सप्लायर्सले पेन्टर इकाईलाई २–० ले पराजित गरेको छ । त्यस्तै एमएमसिले इन्द्रमार्ग टोललाई २–१ ले र शहिद स्मृति विद्यालयले पोखरा नुडल्स्लाई ३–० ले पराजित गरेको छ । यसरी नै माछापुच्छ्रे नेग्ज बेकरी क्याफेलाई ४–१ ले पराजित गरेको छ । पोखरा फुड्सले सञ्चारकर्मी टिमलाई २–१ को गोल अन्तरले पराजित गरेको छ ।

अखिल नेपाल टे«ड यूनियन महासंघ, युवा कमिटीका अध्यक्ष राजेन्द्र न्यौपानेले उद्घाटन गरेको प्रतियोगितामा भोजराज खत्री, लोकबहादुर भूजेल, ईश्वर बस्याल लगायतका मजदुर नेताहरु सहभागी थिए । प्रतियोगितामा प्रथम हुनेलाई ३५००० र दास्रो हुनेलाई २५००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।



  • संसोधन: आइतबार, 22 फेब्रुअरी 2015 13:43,

उर्जा बचाउ सम्बन्धी सचेतना

  • समुह: समाज
  • प्रकाशित: आइतबार, 22 फेब्रुअरी 2015 13:36

पोखरा, ९ फागुन पश्चिमाञ्चल होटल संघ पोखरा र उ्रद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक उर्जा व्यवस्थापन आयोजनाको संयुक्त आयोजनामा उर्जा बचाउ सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम हालै पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा इञ्जिनियर सञ्जय मानन्धरले उर्जा बचाउ र विद्युतीय प्रणालीका बारेमा जानकारी दिएका थिए । इञ्जिनियर रामसुन्दर कसीले होटल प्रतिष्ठानहरुमा उर्जाको अडिटरी आबश्यकताका बारेमा प्रकाश पारेका थिए । इञ्जिनियर नविना सान्डाले उर्जा बचाउको निम्ति विद्युतीय उपकरणको उपयोगको बारेमा जानकारी दिइन् । ग्रिन मल्टी प्रपज प्रालिका कार्यकारी प्रमुखले उर्जा बचाउको लागि होटलहरुमा पानी तताउने हिट पम्पको उपयोगिताको विषयमा जानकारी दिएका थिए । उक्त कार्यक्रममा पोखरा स्थित विभिन्न होटल प्रतिष्ठानका कर्मचारी एवं होटल संचालकहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारको उद्योग मन्त्रालयका आंैद्योगिक उर्जा व्यवस्थापन आयोजनाका प्रमुख एवं कार्यक्रका सभापति कमल मानन्धरले हरित गृह ग्याँस अर्थात ग्रिन हाउस ग्याँसको निर्मुलिकरण, न्यूनिकरण र सो सम्बन्धि उपायका बारेमा जानकारी दिए । कार्यक्रममको आबश्यकताको विषयमा पश्चिामाञ्चल होटल संघ पोखराका प्रथम उपाध्यक्ष विकल तुलाचन, सल्लाहकारु गोविन्दराज पहारी र संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठल प्रष्ट पारेका थिए ।



  • संसोधन: आइतबार, 22 फेब्रुअरी 2015 13:36,

२० लाख पर्यटक भित्र्याउने योजनालाई सघाउँदै होटल संघ

  • समुह: अर्थ
  • प्रकाशित: आइतबार, 22 फेब्रुअरी 2015 13:34

touristपोखरा, १० फागुन सन् २०२० सँगै नेपालमा २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वाकांक्षी योजनालाई साकार रुप दिन होटल संघ नेपाल (हान) ले आफ्नो तर्फबाट पहल अगाडि बढाएको छ ।
संघको आयोजनामा हालै विराटनगरमा सम्पन्न राष्ट्रिय भेलामा संघ अन्तर्गतका विभिन्न क्षेत्रीय शाखाका अध्यक्ष तथा पदाधिकारीहरुले लक्ष्य अनुरुप २० लाख पर्यटक भित्र्याउन अहिले नै सरकारी स्तरबाट सक्रिय भएर काम अगाडि बढाउनुपर्ने सुझाव प्रस्तुत गरेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । पराजुलीको नेतृत्वमा संघको एक टोलीले सो कार्यक्रममा विशेष सहभागिता समेत जनाएको थियो ।
त्यस्तो अभियानलाई सफल बनाउन होटल संघ नेपालले आफ्नो तर्फबाट काम अगाडि बढाइसकेको जानकारी दिंदै सम्पूर्ण निजी क्षेत्रले समेत उत्तिकै सक्रिय भएर अभियानलाई सफल बनाउन काम गर्नुपर्ने सुझाव पनि सो अवसरमा प्रस्तुत गरिएको थियो । अहिले मुश्किलले ६÷७ लाख पर्यटकले मात्र वार्षिक नेपालको भ्रमण गरिरहेको अवस्थामा सन् २०२० पछि हरेक वर्ष २० लाख पर्यटक भित्र्याउने काम निकै नै चुनौतिपूर्ण भएको बताउँदै भेलाका सहभागीले सरकार तथा निजी क्षेत्रले समन्वय गरी सोही अनुरुप तयारी अगाडि बढाउनुपर्ने भनाई व्यक्त गरेका थिए ।
यसका लागि पर्यटन व्यवसायी संघसंस्था मिलेर भारत र चीन जस्ता देशमा प्रवद्र्धनात्मक गतिविधि संचालन गर्नुपर्ने सुझाव भेलाका सहभागीले दिएका थिए । यस्तो प्रवद्र्धनको काम अहिलेबाट नै अगाडि बढाउनुपर्ने र भारत र चीन जस्ता देशमा हुने ट्राभल मेला तथा मार्टहरुमा नेपालले भाग लिन छुटाउन नहुने भनाई समेत सो अवसरमा व्यक्त गरिएको थियो । यसैगरी आगामी अप्रिल १४ तारिखमा चीनको बेइजिङमा हुन लागेको पर्यटन मेलामा होटल संघ नेपालले रोड सो कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अन्य गतिविधि सहितको वृहत नेपाल प्रवद्र्धन कार्यक्रम आयोजना गर्ने र त्यस कार्यक्रममा पश्चिमाञ्चल होटल संघले समेत सक्रिय सहभागिता जनाई पोखरा र समग्र नेपालको प्रवद्र्धन गर्ने टुंगोमा पुगिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।
पश्चिमाञ्चल होटल संघका तर्फबाट समेत २० लाख पर्यटक भित्र्याउने अभियानलाई सफल बनाउन आफ्नो तर्फबाट भारत र चीनमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिने जानकारी संघका अध्यक्ष पराजुलीले दिए । संघले विगत देखि नै भारतमा चलिए पोखरा अभियान र चीन लगायत अन्य देशमा पोखरा ः प्युर एण्ड पर्फेक्ट नाम दिएर प्रवद्र्धनका काम अगाडि बढाउँदै आएको स्मरण गराउँदै पराजुलीले त्यस्ता अभियानलाई थप सशक्त रुपमा आगामी दिन संचालन गरिने समेत उनले स्पष्ट पारे । यस्तो अभियान संचालन गर्दा हान अन्तर्गतका अन्य क्षेत्रीय होटल संघको समेत सहयोग सुझाव लिई उनीहरुलाई समेत संलग्न गराई अगाडि बढ्ने निर्णय लिइएको जनाइएको छ ।
यसैगरी विराटनगरको भेलामा मजदूरका समस्या समाधान गर्ने, उनीहरुलाई दक्ष बनाउन तालिम संचालन गर्ने र त्यस्तो तालिम हानले एक महिना भित्र संचालन गर्ने विषयमा समेत छलफल गरिएको थियो । यसैगरी होटल तथा सर्वसाधरणका लागि आबश्यक खाना पकाउने ग्याँसको सहज आपूर्ति गर्न सरकार गंभीर भएर लाग्नुपर्ने आवाज पनि भेलामा उठाइएको थियो । यसैगरी पर्यटकका लागि आबश्यक पूर्वाधार विकास र लगानीको वातावरण सिर्जना गर्न सम्बन्धित पक्ष गंभीर हुनुपर्ने भनाई र सुझावहरु समेत कार्यक्रममा व्यक्त गरिएको थियो । भारतीय र चिनिया पर्यटकका लागि खासगरी पोखराको वातावरण उपयुक्त भएकाले पोखरा हजारौं पर्यटकका लागि सेवा दिन तयार रहेको भनाई पनि पराजुलीले भेलामा व्यक्त गरेका थिए ।



  • संसोधन: आइतबार, 22 फेब्रुअरी 2015 13:34,